• विदेशबाटपैसा पठाउदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २४, बुधबार ०८:५३ गते
    images

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। यी सबै मुद्राको मूल्य हिजो बढेको थियो।

    आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा थियो।

    यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमय दर हालसम्मकै सबैभन्दा महँगो हो।

    आज युरो १ को खरिदर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा थियो।

    आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा थियो।

    आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा थियो।

    आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा थियो।

    आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ २८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा थियो।

    प्रतिक्रिया दिनुहोस्