• images

    बालेनलाई मनीष झाको जवाफ : महान जनादेश पाएको सरकार एक्लो छैन

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण २३, शनिबार १३:४९ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिएका छन् प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न गरेपछि मध्यरातमा प्रधानमन्त्री शाहले आफू एक्लै भएको संकेत गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

    प्रधानमन्त्री शाहलाई फेसबुकमै जवाफ दिंदै झाले लेखेका छन्, ‘ परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्।’

    उनले संसदमा अवसर खेर नजाओस भनेर सचेत गराइएको प्रधानमन्त्री शाहलाई स्मरण गराएका छन् । र, यो काम निरन्तर हुने उनको भनाइ छ । ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ’, उनले थप लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

     

    प्रतिक्रिया दिनुहोस्