बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुर्वे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ। जनधनको क्षति पुर्याएपछि ध्रुर्वेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो।
सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको छ।
निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुर्वे निकुञ्जभित्र नै बस्दै आएको छ। सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन्। यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्छ। त्यसबाहेक बस्ती पसेर दुःख नदिएको निकुञ्ज प्रशासनले जनाएको छ। ध्रुर्वेको १०/१० मिनेटमा अनुगमन गर्ने गरिएको छ।
निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेनाको ‘अप्रेसन युनिट’ले सो हात्तीको १०/१० मिनेटको सूचना लिइरहेको छ।
बस्ती नजिकको निकुञ्जको भागमा पुगेको समयमा निकटका बस्तीका बासिन्दालाई सो सूचना प्रवाह गर्ने गरिएको छ । संरक्षण अधिकृत पौडेलले भने, ‘कुनै पनि समयमा ध्रुर्वे बस्ती पस्न सक्ने भएकाले तयारी अवस्थामा रहेका छौँ । हात्तीलाई डार्ट गर्ने क्रममा चढाइएको औषधिले केही समय शिथिल बनाउने भएकाले पहिलाको जस्तो अवस्थामा अहिले ध्रुर्वे छैन । यसको भरोसा नहुने भएकाले निकुञ्ज प्रशासन चनाखो भएको छ।’
पच्चीस जना मानिसको ज्यान लिएको धुर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा पनि कमी आएको हो।


chautaripatrika 














प्रतिक्रिया दिनुहोस्