• images

    कोहलपुरको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार, २ युवक पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १८, सोमबार ०९:३७ गते
    images

    बाँके । बाँकेमा सामूहिक जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। २०८३ साउन ११ गते राति करिब ७:३० बजे बाँकेको कोहलपुर नगरपालिका–११, हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा खजुरा गाउँपालिका–२ निवासी २० वर्षीय प्रदीप सुनार र २८ वर्षीय मोहन सत्यालले १४ र १५ वर्षीया दुई बालिकालाई उक्त गेष्ट हाउसमा लगेर रातभर पालैपालो सामूहिक जबर्जस्ती करणी गरेको भनी मुद्दा दर्ता भएको थियो।

    घटनापछि प्रतिवादी प्रदीप सुनार २०८३ साउन १२ गते नै पक्राउ परेका थिए। फरार रहेका अर्का प्रतिवादी मोहन सत्याललाई आज साउन १७ गते बाँकेको खजुरा गाउँपालिका–५ स्थित नेपालगञ्ज–गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरिएको हो।

    पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्