• सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण १३, बुधबार ००:१० गते
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार लामिछानेले बुधबार बिहान ८ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित लेखा समितिको हलमा बस्नेछ।

    छलफलमा संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको आचार्यले जानकारी दिए।

    बैठकमा सहभागी हुन सबै दललाई पत्राचार गरिसकिएको र शीर्ष नेताहरूसँग सभापति लामिछानेले व्यक्तिगत रूपमा फोनमार्फत पनि छलफलका लागि आग्रह गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्