धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्रदेखि अध्यापन सुरु नभए आफू पनि अनशन बस्ने चेतावनी दिएका छन् ।
डडेल्धुरा जाने क्रममा डोटीको बुडरबाट सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै हमालले यस्तो बताएका हुन् । ‘यो शैक्षिकसत्रदेखि पढाइ सुरु भएन भने म गोपी हमाल पनि अनशनमा बस्छु,’ उनले भने, ‘त्यो अनशनमा को–को सुदूरपश्चिमवासीले साथ दिनुहन्छ ? तयार हुनुहोस् ।’
हमालले अनशन आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए ।
गेटामा अस्पताल र मेडिकल शिक्षाको अध्यापनको सपना वर्षाैंपछि पूरा हुने अपेक्षा रहेको बताउँदै उनले पदाधिकारी को रहन्छ भन्ने विषयमा सुदूरपश्चिमवासीको सरोकार नभएको बताए ।‘एक पुस्ता गइसक्यो, एक पुस्तापछि पढाइ सुरु हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘पदाधिकारी को रहन्छ सरोकार छैन । अस्पताल र पढाइ सुरु हुनुपर्छ ।’

chautaripatrika 














प्रतिक्रिया दिनुहोस्