• images
    images

    यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २०, शनिबार ०९:१९ गते
    images
    images
    images
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७८ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०० रुपैयाँ, आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४५रुपैयाँ, आलु सेतो प्रतिकिलो ३७ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको छ ।

    यस्तै, गाजर (लोकल) प्रतिकिलो १४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ५० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ५५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ९० रुपैयाँ, काउली तराई प्रतिकिलो ६० रुपैयाँ, रातो मूला प्रतिकिलो ७० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, तने बोडी प्रतिकिलो १८० रुपैयाँ र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, मटरकोसा प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो घिरौँला प्रतिकिलो १३० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७० रुपैयाँ, सलगम प्रतिकिलो ११० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, बरेला प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो १०० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

    रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १५० रुपैयाँ, चमसुर प्रतिकिलो १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो १६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ६० रुपैयाँ निर्धारण गरिएको छ ।
    ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो १०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३०० रुपैयाँ, सेलरी प्रतिकिलो ५५० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ४०० रुपैयाँ तोकिएको छ ।

    स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) २२० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो १०० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो १२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २३० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ५०० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्