• images
    images

    यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १८, बिहीबार १०:१९ गते
    images
    images
    images
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९० रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ३६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३० रुपैयाँ रहेको छ ।

    यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ , गाँजर (तराई) प्रतिकिलो १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली (तराई) प्रतिकिलो ४० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ, तने बोडी प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १३० रुपैयाँ, तिते करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, सलगम प्रतिकिलो ११० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ र पिँडालु प्रतिकिलो १०० रुपैयाँ, स्कुस प्रतिकिलो २० रुपैयाँ कायम गरिएको छ ।

    साथै, रायोसाग प्रतिकिलो ४५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १५० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो १५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो १४० रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो १, ००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ५५० रुपैयाँ, सेलरी प्रतिकिलो ४०० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैया, गान्टेमुला प्रतिकिलो ८० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो ८० रुपैयाँ, लप्सी प्रतिकिलो ६०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, किबी प्रतिकिलो १८० रुपैयाँ, सरिफा प्रतिकिलो १८० रुपैयाँ र आभोकाडो प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्