काठमाडाैंकाे तारकेश्वर नगरपालिका- ६, लोलाङ पैँयुटार बस्ने ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भुजेलको हत्या आराेपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहितलाई अन्य तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
ईश्वरीको धारिलो हतियार प्रहार गरी शनिबार हत्या गरिएको थियाे । हत्या आरोपमा मुख्य अभियुक्त उनका श्रीमान् थापा मगर हिजै बालाजुबाट पक्राउ परेका थिए ।
घटनामा संलग्न रहेकाे अभियाेगमा नुवाकोट–३ घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षका विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्यलाई पनि प्रहरीले पक्राउ गरेकाे हाे ।
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन् । साे घटनापछि माइती पक्षले दिएको जाहेरीका आधारमा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्