• images
    images

    स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार २३:४८ गते
    images
    images
    images
    images

    काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न अभियान चलाउने भएको छ ।
    आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
    अर्थमन्त्री वाग्लेले भने,‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिक रुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।’
    यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यवद्धताका रुपमा सम्मान गरिने भएको छ ।
    यसैगरी उनले देशैभरीका दलित बालबालिकालाई उपलब्ध गराएको बालपोषण भत्तालाई दोब्बर गरेको बताए ।
    उनले भने, ‘देशभरीका दलित बालबालिकालाई उपलब्ध गराएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार रुपैयाँ बनाएको छु ।’

    प्रतिक्रिया दिनुहोस्