• images
    images

    करको बोझ घटाउँदै बजेट : आयकर छुट सीमा १० लाख, ३६० वस्तुको अन्तःशुल्क खारेज

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार २३:३६ गते
    images
    images
    images
    images

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिरहेका छन् ।
    बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक सुधार गर्दै उद्यम व्यवसायलाई राहत दिने घोषणा गरेका छन् ।
    वाग्लेले मध्यम वर्गको विस्तार र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा भन्सार प्रणालीमा पुनरावलोकन गरिएको बताएका हुन् ।
    उनले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर बनाइएको जानकारी दिए । अब व्यक्तिका लागि आयकर छुटको सीमा १० लाख रुपैयाँ पु¥याइएको छ । साथै व्यक्तिगत आयकरको अधिकतम दर १० प्रतिशत विन्दुले घटाइएको उनले बताए ।
    उनले भने, ‘आर्थिक वर्ष २०८३,८४ को बजेट मार्फत बसाल्न खोजिएको थिती, र सर्वाङ्गणी विकासको जगसँग सम्बन्धित केही उल्लेखित सुधारहरु घोषणा गर्दछु । उद्यम व्यवसायलाई राहत, मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन करका दरमा वृहत्त पुनरावलोकन गरेको छु । करको बोझ घटाउन, आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको छु । व्यक्तिगत आय करको अधिकतम दरलाई १० प्रतिशत विन्दुले घटाएको छु । औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु । विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सिमित गरेको छु । हाल ३६० वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु ।’
    अर्थमन्त्री डा.वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महशुल तयारी मालवस्तुभन्दा कम्तीमा एक तह कम हुनेगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको घोषणा गरे ।
    त्यसैगरी, विद्यमान ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको उनले जानकारी दिए ।
    बजेटमार्फत हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
    उनले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत आर्थिक सुधार, लगानी प्रवद्र्धन तथा सर्वाङ्गीण विकासको आधार निर्माण गर्ने उद्देश्य राखिएको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्