• मकवानपुरमा १३ वटा ओभर लोड टिपर नियन्त्रणमा

    • chautaripatrika chautaripatrika
    • २०८३ बैशाख १३, आईतवार १४:३२ गते
    images

    काठमाडौं । मकवानपुरमा १३ वटा ओभर लोड टिपरहरुलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शनिबार हेटौडा उपमहानगरपालि-१९ को नेवारपानीस्थित मनहरिबाट हेटौडा बजारतर्फ जाँदै गरेको १३ वटा टिपरहरूलाई फेला पारेको थियो ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूमा म.प्र.०३९००१ क २५९५, २, म.प्र.०३९००१ क २५८१, ३, बा.प्र.०३९००१ ख १२७३, बा.प्र.०३९००१ ख १२७२, ५, ना.८ ख ४३८२, ६, म.प्र.०३९००१ क २५९१, म.प्र.०३९००१ क २५८३, बा.प्र.०३९००१ ख १२७०, ना ८ ख ५०२९, १०, ना १ क ८७०१, ना.१ क ८६९८, ना १ क ८६९६, बा.प्र.०३९००१ ख ४६६२ रहेकाे छ ।

    प्रहरीले टिपरहरूलाई फेला पारी चेकजाँच गर्दा चुन ढुङ्गा ओभर लोड रहेको तथा अन्य विल नरहेकोले निम्न टिपरहरूलाई नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएको १३ वटा टिपरहरूलाई थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्