• images
    images

    राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरियो

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २२, बिहीबार १४:५६ गते
    images
    images
    images
    images

    नेपालमा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको छ ।
    यही अगस्ट १४ देखी २४ सम्म अस्ट्रेलियामा हुने टप एण्ड टी –२० को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस र फिजिकल टेस्ट गरिएको हो ।
    फिटनेस चेक गरिसकेपछि आफ्नो शरीरको कमजोरी थाहा पाएर त्यसलाई सुधार गर्दा खेलमा पनि सुधार हुने क्रिकेटर सोमपाल कामी बताउँछन् ।
    उनले भने, ‘बलिङ धेरै गर्दा हाम्रो शरीर एकातर्फ धेरै झुक्छ, आज देख्न पाइयो मेरै शरीरको दाँयातर्फको भाग थोरै झुकेको जस्तो लाग्यो । यहाँ आएर क्युआर स्क्यान गरेपछि आफूले के–के व्ययामहरु गर्ने भन्ने पनि थाहा पाएँ । आफ्नो शरीरको कमजोरी थाहा पाएपछि त्यसमा नै काम गर्न सजिलो हुन्छ ।’
    उनले आफ्नो शरीरलाई पहिचान गर्नसके त्यसनुसार खेलको लागि तयार गर्ने सकिने बताए ।
    यस्तै स्पोर्ट फिजियो लोकेन्द्र कुँवरले फिजिकल टेस्ट जुनसुकै खेलका लागि पनि महत्वपूर्ण रहेको भन्दै त्यसको प्रभाव खेलमा पर्ने बताए ।
    ‘फिटनेस र फिजिकल टेस्ट जुनसुकै खेलका लागि पनि महत्वपूर्ण छ । क्रिकेट खेलाडीहरुको लागि झन किन महत्वपूर्ण छ । गेम खेल्नु अघि खेलाडीको शरीरमा के कुराको कमी छ, कुन कुन मांसपेशीहरुमा धेरै ध्यान दिनुपर्ने छ भनेर त्यसलाई ध्यान दिनुपर्ने हुन्छ । जसका कराण गेममा राम्रो प्रदर्शन गर्न सक्छौ भन्ने लाग्छ,’ उनले भने ।
    अस्ट्रेलियामा हुने टप एण्ड टी –२० को लागि घोषणा भएका १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी छन् ।
    नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्