• images
    images

    अभिनेत्री निरुता सिंहको फर्स्टलुक सार्वजनिक गर्दै ‘सारथी’को प्रदर्शन मिति घोषणा

    images
    images
    images
    images

    काठमाडौं । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७, देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो।

    सार्वजनिक फर्स्टलुकमा निरुता सिंहलाई यसअघिका भूमिकाभन्दा फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। काखमा दुधे बालक बोकेकी निरुताको खुट्टाको पैतालाबाट रगत चुहिरहेको देखिन्छ। उनको गम्भीर भावभंगी र पोस्टरको रहस्यमय प्रस्तुतिले चलचित्रको कथाप्रति दर्शकमा कौतूहल सिर्जना गर्ने देखिन्छ।

    प्रदर्शन मिति सार्वजनिक भएसँगै निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने तयारी गरेको छ। चलचित्रमा लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एकसाथ देख्न पाइने भएकाले पनि ‘सारथी’लाई चासोका साथ हेरिएको छ।

    किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रमा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेका छन्। चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको दुर्गम क्षेत्र गुर्जामा गरिएको हो।

    ‘सारथी’मा निरुता सिंह र उत्तम प्रधान सँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।

    रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर छन्। चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन्।

    राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको ‘सारथी’मा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, बाबुल, प्रशान्त र रचना रिमालको स्वर रहेको छ। श्याम कार्की आर्ट डाइरेक्टर तथा गोविन्द खड्का ड्रेस कोर्डिनेटरका रूपमा रहेका छन्।

    चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

    मंसिर ११ गतेबाट प्रदर्शनमा आउने ‘सारथी’ले निरुता सिंहको फरक अवतारसँगै कथा र प्रस्तुतिका कारण दर्शकमाझ कस्तो प्रभाव पार्छ, त्यो भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ।

    प्रतिक्रिया दिनुहोस्