‘मेलमिलाप’ मानव सभ्यताको सबैभन्दा पुरानो, सुन्दर र शक्तिशाली दर्शन हो, सभ्य समाजको परिचायक हो । मेलमिलाप भन्नाले मतभेद, रिसराग वा आपसी द्वन्द्वलाई बिर्सेर एक ठाउँमा आउनु, आपसमा जोडिनु र मिलेर बस्नु हो तर यसको मर्म यतिमा मात्र सीमित छैन । यो केवल दुई पक्षबीचको भौतिक सम्झौता मात्र होइन, यो त दुईवटा भिन्न सोच, अलग धर्म, फरक दृष्टिकोण र भिन्न मनहरू बीचको भावनात्मक मिलन हो ।
हामी २१औँ शताब्दीको अत्यााधुनिक प्रविधिमैत्री र भौतिक रूपले समृद्ध युगमा बाँचिरहेका छौँ जस्तो देखिन्छ तर आजको मानव समाज जति बाहिरबाट हेर्दा खुसी, सुखी र जोडिएको जस्तो देखिन्छ, भित्रबाट त्यति नै चर्कँदै र टुक्रिँदै गएको छ । अझै मानवता र करुणा समेत हराउँदै गएको अवस्था छ । प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँ (Global Village) त बनाइदियो, तर एउटै घर परिवार भित्र बस्ने मानव मनहरुलाई भने निकै टाढा पुर्याइदियो ।
समाजमा जात जाती धर्म, नश्लका सम्बन्धमा अनावश्यक विवादहरु उछालिएका छन । जात जाती र धर्मका नाममा समाजिक सञ्जालमा सुनिनसक्नुका गालीगलौज र घृणा फैलाएको छ, एकले अर्कालाई नीच देखाउँदै मानमर्दन गरेकोे देखिन्छ । जसलाई कडाइका साथ रोक्नु जरुरी भइसकेको छ । आज संसारकै सुन्दर शान्त हाम्रो देशमा धर्मका नाममा सुनसरीको कप्ताननञ्ज, देवानगञ्ज, सिराहा, सप्तरीलगायतका जिल्लाहरुमा हिन्दू र मुसलमान समुदायका बीचमा द्वन्द्व चलेको र यसक्रममा कैयौं व्यक्तिहरु घाइते र चारजना व्यक्तिहरुको दुःखद निधनसम्म भइसकेको छ । यस्ता क्रियाकलापले धार्मिक, सामाजिक, साँस्कृतिक सहिष्णुता र सहअस्तित्वलाई आत्मसात गरेर यहाँसम्म आइपुगेको हाम्रो शान्त समाज विखण्डित हुने हो कि भन्ने चिन्ता र आशंका बढाएको छ । समाजमा अशान्ति र अविश्वासको खाडल गहिरिँदै गएको छ । यस्तो अशान्त र भयभीत समयमा मेलमिलापको महत्व झन् बढेर गएको छ । यो आजको युगको सबैभन्दा ठूलो आवश्यकता साथै मानवीय व्यवहार र मानव जीवनको अमृत तत्वको रुपमा रहेको छ ।
हाम्रो धर्म दर्शन, इतिहास, पूर्वीय संस्कृति र नेपाली समाजतर्फ दृष्टिगत गर्ने हो भने हाम्रो समाज एकता र मेलमिलापको जगमा उभिएको स्पष्ट देखिन्छ । हाम्रा धर्मग्रन्थहरु वेद, उपनिषद् र पुराणहरुले सधैँ समाजलाई एकजुट भएर अगाडि बढ्ने प्रेरणा दिएका छन् । सनातन धर्मको मूल मन्त्र नै ‘वसुधैव कुटुम्बकम’ (अर्थात् सारा संसार नै मेरो परिवार हो) भन्ने रहेको छ । जब हामी सिंगो संसारलाई नै आफ्नो परिवार मान्छौँ, तब त्यहाँ झगडा वा द्वन्द्वको कुनै स्थान रहँदैन । सबै धर्मको मूल मर्म एउटै हो, शान्ति, समृद्धि, विकास र भाइचारा हो । के हिन्दू के मुस्लिम, के इशाई सबैको एउटै गन्तव्य शान्ति र परमानन्द नै हो । तै पनि किन लडाई र झगडा ? आखिर सबै धर्मले सत्य, न्याय र अहिँसातर्फ अग्रसर गराउँछ भने एकापसमा काटमार किन ? द्वन्द्व, लडाईँ र झगडाले



Bishnu GC 





















प्रतिक्रिया दिनुहोस्